गोरखामा हिमपहिरो जाँदा वीरेन्द्र ताल फुट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ।

मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा ताल फुटेर सामागाउ प्रहरी चौकाका असई अन्जान पोखरेलले जानकारी दिए।

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ। बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको पोखरेलको भनाइ छ।

ताल रहेको क्षेत्र चुमनुब्री–१ पर्छ। प्रहरी टोली घटनास्थलतिर गएको उनको भनाइ छ।

त्यो बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले सुझाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्