एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारी गण्डकीका मुख्य न्यायाधिवक्ता नियुक्त

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

पोखरा -लमजुङका कृष्ण अधिकारी गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् । उनलाई मंगलबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

अधिकारीले हालै भएको नेकपा एमाले लमजुङ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

गण्डकीका दुई गुटमध्ये कृष्ण स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटबाट उम्मेदवार बनेका थिए । दुई पक्षबिच प्रतिस्पर्धा भएको अधिवेशनमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षका राजकुमार विष्ट विजयी भएका थिए । विष्टले २ सय ८८ र अधिकारीले १ सय ९९ मत पाएका थिए ।

गण्डकीमा एक गुटको नेतृत्व गर्ने खगराज अहिले मुख्यमन्त्री छन् । पृथ्वीसुब्बाकै जिल्लामा उनीविरुद्ध उभिएको भन्दै खगराजले कृष्णलाई मुख्य न्यायाधिवक्ता उपहार दिएको चर्चा एमालेमा चलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्