सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार , प्रहार गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

अस्मिता विश्वकर्मा
  • ख-
  • ख+

२० भदौ, काठमाडौं । सहमहामन्त्री यादवमाथि आज खुकुरी प्रहार भएको छ । सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबको कार्यक्रमबाट निस्कने क्रममा खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेको खुल्न आएको हो। सोहि बिषयलाई सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबमा भएको घटनाको भत्र्सना गरेका हुन् ।

आज भएको हमलालाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा लेखिएको छ, “उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्