नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन, अध्यक्षमा वाग्ले

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको छ ।
नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीको अध्यक्षता र भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा बसेको बैठकले पत्रकार मदन वाग्लेको अध्यक्षतामा १३ सदस्यीय नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्ण विक, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा मिला दरै र सहसचिवमा सुदीप पौडेल रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा मनोज कुमार श्रेष्ठ, राजेश कार्की, करिस्मा गुरुङ, हरि खरेल, राम बहादुर धामी, सरेश सेन्चुरी, मिलन तामाङ र डिपी अधिकारी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्