
२४ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले सोधपुछ गरेको छ ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो । प्रहरीले बोलाएपछि भण्डारीआइतबार सीआईबी गएका थिए । उनलाई सोधपुछ गरेर पठाएको सीआईबी स्रोतले जनाएको छ ।
भण्डारीको यसअघि विद्युतीय चुरोट ९भेप० मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला प्ररेको प्रहरी स्रोतको भनाइ छ ।
onlinekhabar