
काठमाडौं- सरकारले २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै, बैठकले प्रधानमन्त्री कार्यालयका निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
गुरुङका अनुसार बैठकले बाढी पहिरोमा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।