होरालोकी क्षेत्रीले ल्याइन ४ जीपीए

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तनहुँको एक जना विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् । ४ जिपिए ल्याउनेमा भानु स्थित होमराज लोहनी माध्यमिक विद्यालयकी छात्रा रञ्जिला क्षेत्री रहेकी छिन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्धवराज जमरकट्टेलका अनुसार तनहुँ जिल्लाबाट यस बर्ष ५ हजार ३ सय ६४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।जसमध्ये साधारण तर्फ ५ हजार २ सय ३१ जना र प्राविधिक तर्फ १ सय ३३ जना रहेका थिए ।

समन्वय प्रमुख कट्टेलका अनुसार परीक्षामा सहभागी भएका मध्ये साधारण तर्फ २ हजार १ सय ७८ जना र प्राविधिक तर्फ ५४ जनाले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । प्रतिशतमा यो संख्या ४१.६१ प्रतिशत हुन आएको छ ।

त्यस्तै ३.६ –४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ स ३६ जना , ३.२–३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ७ सय ७ जना , २.८–३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ८ सय ८८ जना ,२.४–२.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ३ सय ८२ जना ,२.०–२.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १९ जना , १.६–२.० जिपिए ल्याउने विद्यार्थीको संख्या १ जना रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्