स्काउटकाे जमिनमा बनेका संरचनामा सिल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – सरकारले लैनचाैरस्थित नेपाल स्काउटकाे जमिनमा बनेका संरचनामा सिल गरेको छ ।

लिजकाे म्याद सकिए पनि निजी कम्पनीले भाेगचलन गरिरहेकाले सिल गरिरहेको प्रशासनले जनाएको छ ।

बिहीबार राति जिल्ला प्रशासन कार्यालयले प्रहरीकाे सहयाेगमा स्काउटको जमिनमा बनेका संरचनामा सिल गरेको हो ।

उपप्रधान एवं गृहमन्त्रीकाे निर्देशन पछि स्थानीय प्रशासनले सिल गरेको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्