सुनचाँदीको मूल्य बढ्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्