सुनचाँदीको मूल्य घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्