सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाल सुनचाँदी व्ययवसायी महासंघले आज सुनको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ । आज सोमबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको वृद्धि आएको महासंघले जनाएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १८ सय १५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्