सुनको मूल्य ३०० रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ३०० बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्