सुनको मूल्य स्थिर, चाँदीको घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार दिन शुक्रबारकै मूल्यमा आइतबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्