सुनको मूल्य घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ रुपैयाँ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्