सुनको मूल्य एकैदिन तोलामा १६ सयले बढ्यो, हालसम्मकै उच्चमा कारोबार

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्