
लमजुङ – लमजुङमा सापटी नदिँदा एक महिलाको हत्या भएको छ ।
बेसीशहर नगरपालिका–११ चिति बगैँचा बस्ने ६२ बर्षीया सानु घर्तीको हत्या भएको हो ।
हत्या आरोपमा सोही वडाको बजारखुट्टा बस्दै आएका ४७ बर्षीय सुग्गरे सार्कीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।
५० हजार रुपैँया सापटी माग्दा नदिएको भन्दै सार्कीले घर्तीको हत्या गरेको प्रहरीले बताएको छ । उनले महिलाको टाउको र गालाको भागमा धारिलो हतियार (खुर्पा) प्रहार गरी हत्या गरेका थिए ।