
दमौली : तनहुँको व्यास नगरपालिका साँगेमा धारिलो हतियार दाउ प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
व्यास नगरपालिका -५ सांगेका ४० वर्षका जीतबहादुर कुमालले श्रीमती अन्दाजी ३६ वर्षकी सुनमायाको धारिलो हतियार (दाउ ) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
शनिवार दिउँसो दिउँसो सवा ४ बजेको समयमा जीतबहादुरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको तनहुँ प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गर्ने हत्यामा संलग्न श्रीमान् जीतबहादुरलाई नियन्त्रणमा प्रहरीले जनाएको छ। हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।