साँगेखोलामा डुबेर कुमालकाे मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- तनहुँको व्यास नगरपालिका–५ साँगेखोलामा डुबेर आज एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी दमौली अस्पताल पु¥याएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको तनहुँ प्रहरीले जनाएको छ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्