सवारी दुर्घटनामा एक जनाको मृत्यु ७ जना घाइते

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१७ भदौं, काठमाडौंको पेप्सीकोला काँडाघारी सडकखण्डमा छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश०२प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो छ । जिल्ला सर्लाही शान्तिटोल १ का २१ वर्षीय राज भट्टराईको मृत्यु भएको खुलेको प्रहरी सहायक निरीक्षक रविचन्द्र पुडासैनीले जानकारी दिए ।
। स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् ।
स्कुटर चालक सामान्य घाइते भएको र पछाडि सवार एक जना गम्भीर घाइते छन् ।

बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

onlinekhabar

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्