सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ भदौ १० गते हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ । सन्दीप लामिछाने बिरुद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको र साप्ताहिक पेसी भने शुक्रवार मात्रै प्रकाशन हुने भएको छ ।

अदालतले आदेश गरे बमोजिम स्थानीय तहबाट पीडित गौशाला २६, उनका परिवारका सदस्यहरूको जन्म मिति खुल्ने कागजात र बसाइसराई गरी जाँदा पेस गरेको कागजातको प्रमाणित प्रतिलिपि स्थानीय तहबाट प्राप्त भइसकेको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार कागजात प्राप्त भए पनि सिलबन्दी रहेको उक्त कागजात भने इजलासमै खोल्ने तयारी गरिएको छ ।

सन्दीप भन्छन्, ‘मलाई दर्ताको किताब शुभचिन्तकले दिएका हुन्’

काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार अदालतले प्रतिवादी सन्दीप लामिछानेसँग पनि पुनः सोधपुछ गरेको छ । लामिछानेले बयानका क्रममा पीडित गौशाला २६ को भनी पेस गरेको जन्म दर्ता किताबको फोटोकपी कहाँबाट प्राप्त गरेको भनी अदालतले लिखितरुपमा सोधेको थियो ।

लामिछानेले जवाफमा उक्त कागजात आफूलाई कुनै शुभेच्छुकले दिएको तर कसले दिएको याद नभएको बयान दिएका छन् । सन्दीपको तर्फबाट अदालतमा पेस भएको जन्मदर्ताको किताबमा पीडित गौशाला २६ को जन्म मिति २०६१ जेठ १८ गते उल्लेख रहेको छ । यसअघि नै जवाफ मा भने  पीडितको बसाइसराइँ भएको स्थानको स्थानीय तहले  आफ्नो स्थानीय तहमा त्यस्तो दर्ता किताब नै नरहेको भनी  पठाइसकेको छ ।  रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्