सडक दुर्घटनामा परी तनहुँको एक युवतीको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

सोमबार दिउसो पोखरामा भएको सडक दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुने युवती तनहुँको म्याग्दे गाँउपालिका– ४ का २० बर्षिया बर्षा कुमाल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

पोखराको पृथ्वीचोकबाट तादैँ गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई सोहि दिशातर्फ जादैँ गरेको बागमती ०३००१ क ०२६३ नम्बरको ट्रकले सभागृहचोकको आइल्याण्ड नजिक ठक्कर दिएको थियो ।

ठक्कर पछि गम्भीर घाइते कुमाललाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा ३:४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
दुर्घटना पछि प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा बैदाम राखेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्