संसदमा लामिछाने– ममाथि छानबिन गर्ने भए अरु काण्डमा पनि छानबिन समिति बनाउन तयार हो ?

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अरु काण्डमा छानबिन हुने भए आफू पनि सहकारी प्रकरणमा छानबिनका लागि परीक्षा दिन तयार रहेको बताएका छन् । उनले टीकापुर काण्ड, ललितानिवास, बालमन्दिर, घडी चोरी, टेरामक्स, वाइड बडीलगायतका काण्डमा पनि छानबिन गर्न तयार हो भने आफू पनि छानबिनका लागि तयार हुने बताए ।

प्रतिनिधिसभाको बैठकमा आफूमाथि लागेको सहरकारीको रकम अपचलनको जवाफ दिइरहेका छन् । उनले आफ्नो बारेमा प्रस्ट पार्न सदनमा उपस्थित भए पनि नेपाली कांग्रेसका नेताहरू लक्षित बोलेका छन् ।

उनले २०५५ सालामा स्ववियु सभापति हुँदा पार्क निर्माण गर्दा रकम लिएर नबनाएको, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको ५ लाख लिएर वेबसाइट नबनाएको, नुवाकोटमा बाख्रा फारम र काठमाडौंमा मासु पसल खोल्ने भनिए पनि त्यो समाचार फ्याक्ट चेक गरेर राखिए पनि वेबसाइटबाट हटाइएको बताए ।

बीपी स्वास्थ्य पतिष्ठानमा १४ करोड लिएर राजकुमार रौनियारलाई उपकुलपति बनाएको बताए । सांसदहरू नै रातो पासपोर्ट दुरुपयोग गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्