संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् : प्रधानमन्त्री प्रचण्ड

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको जानकारी दिएका छन् ।

आज बिहान सिंहदरबार परिसरमा आयोजित निजामती सेवा दिवस २०८० को अवसरमा समारोहलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए । उनले आफूहरुको चासो सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको जानकारी दिए ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको थियो ।

onlinekhabar

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्