शुक्लागण्डकीबाट ५९ हजार नगदसहित तास खेलिरहेका १६ जना पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली :तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ नमुना भोटेपानीटोल वाट तास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरधनी रेख ब.थापा मगर सहित अमृत सारु, मुक्त बहादुर राना, डोल बहादुर राना, विष्णु थापा, अशोक कुमाल, डम्बर बहादुर थापा, देविराम गुरुङ, राजेन्द्र ढुङ्गाना, चेत प्रसाद सिग्देल, उदय कुमार भुजेल, गणेश बहादुर दर्लामी, सुदिप नेपाली, मदन थापा, सागर परियार र रितु भुजेल रहेका छन् ।

उनीहरुको साथबाट नगद रु ५९ हजार ९ सय ६० र  ६(छ) बुक बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#यस अघि प्रकाशित समाचारमा स्थान फरक उल्लेख गएको हुँदा सच्याएको छ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्