
दमौली – वन मुद्धामा फरार रहेका ३ जना प्रतिवादीहरु पक्राउ परेका छन् । विना इजाजत वन पैदावर ओसार पोसार मुद्धामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका शुक्लागण्डकी घर भएका उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी वडा नं.७ बस्ने बर्ष ३३ को सोम बहादुर नेपाली, ऐ.वडा नं. ६ बस्ने बर्ष २७ को पदम बि.क. र ऐ.ऐ. बस्ने बर्ष ३४ को प्रेम बहादुर बि.क.रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरूलाई खोजतलास गर्ने क्रममा मिति २०८१र०४र०३ गते अं। २३:०० बजेको समयमा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ र ६ स्थितमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।
उनीहरुलाई तोकिएको कैद जरिवाना मध्ये जनही १ दिन कैद र रु.५ हजार रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्राप्त समाचारमा उल्लेख छ ।