शिवपुरीमा हेलिकप्टर दुर्घटना

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बतायो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले हेलिकप्टर दुर्घटनामा परेको बताए । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो ।

उनले भने, ‘हामी त्यहाँ जादै छौं । दुर्घटना भएको भनेर जानकारी आएको छ ।’

बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको झाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्