
SEE परीक्षा २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक भएको थियो । नेपालकै सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालयको रूपमा चिनिएको सत्यवती माध्यमिक विद्यालय ब्यास २ दमौलीले प्रयोगात्मक परीक्षामा नम्बरमा विषयगत शिक्षकले दिने अङ्कमा गम्भीर त्रुटि गर्दा परीक्षामा सामेल व्यास नगरपालिका ५ कन्टार निवासी अन्वेसिका शर्मालाई ठूलो शैक्षिक क्षेत्रमा बज्रपात हुन पुगेको छ । सिम्बल नम्बर ०४२०१५२८ रहेकी शर्मालाई विषयगत शिक्षकले दिने आन्तरिक प्रयोगात्मक नम्बरमा मनलाग्दी गरेका कारण विद्यार्थीले ४ जिपिए पाउनबाट वञ्चित भएकी हुन् । शर्माले ३.९८ ल्याएकी थिइन यो सत्यवती माध्यमिक विद्यालयको उत्कृष्ट जिपिए हो। अंग्रेजी विषयकी शिक्षक जीवनी नागिलाले विद्यार्थीलाई दिइने प्राक्टिकल नम्बरमा विभेद गरेका कारण विद्यार्थीको शैक्षिक भविष्य र विद्यालयको समेत भविष्यमाथि ठूलो खेलवाड हुन पुगेको छ। अन्य अन्बेसीका शर्मा जस्तै सोही विद्यालयमा अध्ययनरत अन्य छात्रछात्राहरूलाई २४/२५ अङ्क दिइरहँदा शर्मालाई किन २२ नम्बर मात्रै दिइयो? सबै तनहुँ जिल्ला बासीको चासोकाे विषय बनेको छ। विद्यालयकै सर्वोत्कृष्ट अङ्क ल्याएकी शर्मालाई २ नम्बर थप दिएको भए विद्यालयले ४ जीपिए ल्याउने र विद्यालयले जिल्लामै नाम राख्न सफल हुने थियो । तर विषयगत शिक्षकले नियतवस अङ्क नदिँदा विद्यार्थी र विद्यालयको भविष्यमै खेलवाड भएको पाइएको छ । विषयगत शिक्षकको त्रुटीका कारण यस्तो हुन पुगेको बुझ्न सकिन्छ । विद्यालयकी मेहनती र उत्कृष्ट छात्र अन्वेशिकालाई मात्रै किन २२ अङ्क दिईयो अहिले सर्वत्र तनहु जिल्लामा शैक्षिक चासोको विषय बन्न पुगेको छ। विद्यालय र विद्यार्थीको भविष्यमाथि हुने यस्ता गम्भीर त्रुटिलाई आगामी दिनमा विद्यालयको प्रशासन निकै सुझबुझ छनाखोका साथ लाग्नुपर्ने देखिन्छ ।