विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिँदैन : मन्त्री राई

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज लगाउन नसकिने बताएका छन्।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले विद्यार्थी युनियनलाई बन्देज लगाउन नसकिने तर आचारसंहितामा बाँध्न सकिने बताएका हुन् । उनले विद्यार्थी युनियनहरूले के गर्न पाउने, के नपाउने भन्ने कुरा कानुनमा नै आचारसंहिता तय गर्नुपर्ने बताए ।

मन्त्री राईले विद्यालय शिक्षा ऐन प्रक्रियामा रहेको र प्रक्रियामा समस्या भएका कारण ढिलाइ भइरहेको बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्