
काठमाडौं : लोक गायक एलपी जोशी (लक्ष्मी प्रसाद जोशी)को निधन भएको छ । उनकाे ८८ वर्षको उमेरमा निधन भएको हो ।
जोशीको जन्म धनकुटा बजारमा नेवार परिवारमा भएको थियो भने उनी लामो समयदेखि झापा दमकमा बसोबास गर्दै आएका हुन् ।
२०१३ सालमा प्रथम पटक आफ्नो गीत रेकर्ड गराएको वरिष्ठ गायक एलपी जोशीको जम्मा ४५ ओटा गीतहरु रेडियो नेपालमा रेकर्ड छन् ।
उनका अधिकांश गीतहरु २०२० साल पहिले नै रेकर्ड भएका हुन् ।