लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित भएपछि विश्वासको मत नलिई राजीनामा घोषणा गरेका हुन् ।

लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच सहमति भएको छ । माओवादी, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र एक स्वतन्त्र सांसदबीच सहमति भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्