लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले शपथ लिँदै

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश सचिव निराजन घिमिरेले जानकारी दिए ।

मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । महरा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्