लायन्स क्लब अफ तनहुँ दमौलीद्वारा मोटरसाइकल र स्कुटर मर्मत तालिम सम्पन्न

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा सञ्चालित एक दिने मोटर साइकल र स्कुटर मर्मत तालिम दमौलीमा सम्पन्न भएको छ । शनिवार क्लबले दमौलीमा एक कार्यक्रमका बिचमा  मोटर साइकल र स्कुटर मर्मत सम्पन्न गरेका हुन्  ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले कार्यक्रमको उद्घाटन गर्दै  सवारीसाधनको इन्जिन र अवस्थाका कारणले पनि धेरै दुर्घटना हुन सक्ने भएकाले समय समय मर्मत गर्नु पर्ने बताए  ।

कार्यक्रममा क्लबका अध्यक्ष रनिल रोकाले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न र सवारी सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको  बताए ।

व्यास नगरपालिका वडा ४ का वडा सदस्य सरोज भण्डारी,  क्लबका संस्थापक अध्यक्ष राकु श्रेष्ठ, डिस्ट्रिक्ट क्याबिनेट वसन्त गिरी, विमला श्रेष्ठ, लगायत मन्तव्य  राखेका  थियो ।

काठमाडौँका रुद्र खनालले प्रशिक्षण प्रदान गरेको  कार्यक्रममा कल्बका सम्पूर्ण पदाधिकारी र सदस्य तथा बाहिरी गरी ५५ जनाको  सहभागिता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्