लागुऔषध दुर्व्यसन विरुद्ध मगर विद्यार्थी संघको सचेतना कार्यक्रम

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम संचालन गरेका छन् ।

जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा मगर विद्यार्थी संघले सचेतना कार्यक्रम संचालन गरेको नेपाल मगर विद्यार्थी संघ आदिकवि इकाईका अध्यक्ष सोन आले मगरले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै मगर विद्यार्थी संघ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक बुद्ध गर्जा मगरले जिल्लामा दिन प्रतिदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएकोले यस कार्यक्रमले न्यूनीकरणमा टेवा पुग्ने बताए ।

न्यूनीकरणको लागि सबै सबै विद्यार्थी संघ संस्थाहरुले हातेमालो गरेर सचेतना जगाउनु पर्ने र क्याम्पसको तर्फबाट यस्ता कार्यलाई सदैव सहयोग रहने क्याम्पस प्रमुख महा प्रसाद हड़खलेले बताए ।

उनले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि संलग्न हुने गरेकाले यो चलचित्र विद्यार्थी, शिक्षकका साथसाथै सबै अभिभावकलाई देखाउनु पर्ने बताए । सचेतना मूलक कार्यक्रमको कमी भएकाले क्याम्पस विद्यालयमा लागुपदार्थका दुर्व्यसनी बढिरहेकोले यस्तो कार्यक्रम गर्दा प्रभावकारी हुने हड्खलेको भनाइ छ ।

उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यालय तनहुँका रामशरण राना, जितेन्द्र खत्री , सहायक क्याम्पस प्रमुख सागर पौडेल , जेसीई व्यास नगरका उपाध्यक्ष्य दूत वहादुर थापा ,नेविसंघ तनहुँका सदस्य रिम बहादुर आले मगर, स्ववियु सचिव अनुप आले,जिल्ला प्रहरी कार्यालय तनहुँका बाबु राज अधिकारी, स्ववियु पदाधिकारी लगायत सदस्यहरु,प्राध्यापकहरु, क्याम्पसमा दर्ता भएका विभिन्न क्लबका प्रतिनिधि र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्