रुसी सेनामा कार्यरत तनहुँका गुरुङको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो ।

नेपाली सेनामा सेवानिवृत्त भएपछि गुरुङ दुबई हुँदै आठ महिनाअघि रुसी सेनामा भर्ती हुनु भएको र उहाँको निधन भएको खबर बुधवार प्राप्त भएको गुरुङको नाताले दाइ पर्ने आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

एम्बुसमा परी असार ५ गते निधन भएको खबर प्राप्त भएकोउनले बताए । रुसी सेनामा कार्यरत साथी सुरज गुरुङले रञ्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन् ।

मृतक रञ्जित गुरुङको परिवारमा एक श्रीमती एक छोरा र एक छोरी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्