रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८१ असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ ।  राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने भएको छ ।

बुधवार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी) मा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्