रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार, यी हुन् एजेन्डा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बुधबार (भदौ  ५ गते) बस्ने भएको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको बैठकमा राष्ट्रिय भेलासहितका विषयमा छलफल हुने रास्वपा नेता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे विमर्श हुने छ ।

यसैगरी, बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ ।

यस्तै, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्