रामबहादुर बमजन बाल यौन दुरूपयोगमा दोषी ठहर, सजाय निर्धारण १७ गते

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- तपस्वि भनिएका रामबहादुर बमजन बाल यौन दुरूपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले उनलाई दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी तोकिएको छ ।

जिल्ला अदालत सर्लाहीका श्रेष्तेदार सदन अधिकारीले जानकारी दिँदै १७ गते सजाय निर्धारण हुने बताए । न्यायाधीश जीवन भण्डारीको इजलासले बमजनलाई सोमबार दोषी ठहर गरेको हो । उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप छ । त्यसमध्ये केहीलाई बेपत्ता पारेको आरोप पनि उनीमाथि लागेको थियो ।

बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको आरोप थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्