रहेनन् गायक प्रकाश तिमिलसिना

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको आज साँझ निधन भएको हो ।

“घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको थियो,” संगीतकार वसन्त सापकोटाले भने, “अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।”

गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’लगायत दर्जनौं गीत लोकप्रिय छन् ।

प्रकाशको अन्तिम संस्कार भोलि (आइतबार) बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए ।

उनी आँखाको उपचारका लागि लामो समयदेखि अमेरिका जाने प्रयासमा थिए । उनका दुवै आँखाको दृष्टि थिएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्