यू-१९ क्रिकेट विश्वकप छनौटको आयोजना नेपालले गर्ने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – नेपालले आइसीसी यू-१९ क्रिकेट विश्वकप एसिया छनाैटकाे आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी २०२५ अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू–१९ विश्वकपमा भाग लिन पाउने छ ।

यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।

१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबे र नामिबियामाले आयोजना गर्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्