मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासंघ तनहुँ विजयी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – १७ औँ भानु कप २०८१ को पूर्व सन्ध्यामा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको टिम विजयी भएको छ।

भानु नगरपालिका- १ मा रहेको भन्सार युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण खेलमा आयोजक टिमलाई ३-४ गाेलले हराउँदै तनहुँ पत्रकारको टिम विजयी भएको हो।

पत्रकार समुहको तर्फबाट सुदिप पाैडल र मनाेज कुमार श्रेष्ठले समान २/२ गाेल गरेका थिए भने खेलमा पत्रकारको तर्फबाट मदन वाग्लेले सर्वाधिक ३ गाेलका लागि असिस्ट र डिपी अधिकारीले १ गाेलका लागि असिस्ट प्रदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्