मुसेखोलामा मोटरसाईकल दुर्घटना हुँदा चालक गुरुङ घाईते

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – तनहुँको सदरमुकाम दमौली बजार नजिकै व्यास नगरपालिका -१  मुसेखोलामा मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।

दमौलीबाट डुम्रे जाँदै गरेको ग १२ प १०३० नम्वरको मोटरसाईकल डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग २ ख १७३१ नम्वरको बससँग मुसेखोलामा ठोक्किदा मोटरसाईकल चालक ज्ञानजङ गुरुङ गम्भिर घाइते भएका हुन् ।

मोटरसाईकलले टिप्परलाई ओभटक गरेर जाने क्रममा बससंग दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । दुर्घटनाबाट गम्भिर घाईते भएका गुरुङ्गको उपचार भईरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्