मादी नदीको किनारमा बालकको भेटियो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज बिहान एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।

मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

शवलाई दमौली अस्पतालमा राखिएको छ । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्