माइक्रो र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

चितवन : माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर एकापसमा ठोक्किएका इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा मंगलबार (आज) बिहान ती दुई सवारीसाधन एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

घाइतेमध्ये १२ लाई उपचारका निम्ति नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबस टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको राजमार्गमा पुनः सवारीसाधन आवागमन नियमित सञ्चालनमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्