महान्यायाधिवक्ता बडालले लिए शपथ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शीतलनिवासमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका हुन् ।

बडाललाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेका थिए ।

शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थिति थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्