मर्स्याङ्दीमा वैशाख २ गतेदेखि व्यावसायिक जलविहार हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी नदीमा व्यावसायिक रूपमा जलविहार सुरु गरिएको छ । गाउँपालिकाले वैशाख २ गतेदेखि ड्याममा माेटरबाेट सञ्चालन गर्न लागेकाे हाे ।

यसअघि चैत ५ गते सम्भाव्यता अध्ययनपछि जलविहारका लागि यस ठाउँ उपयुक्त देखिएकाले व्यावसायिक रूपमा जलविहार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष चुमानका अनुसार उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतकाे उपस्थितिमा माेटरबाेटकाे शुभारम्भ हुने बताए । गाउँपालिकाले एस्केप्याड नेपालसँगको सहकार्यमा जलविहार सुरु गरेको हो ।

पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा रयाफ्टिङ सञ्चालन गरिएको उनको भनाइ छ । आँबुखैरेनी-४ देखि मुग्लिन पुलसम्मको दूरीमा जलविहार मात्रै गर्न रु एक हजार शुल्क तोकिएको छ ।

गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको तयारी गरेको छ । वडा नम्बर १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्