भोलि देखि दमौलीमा पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- तनहुँको सदरमुकाम दमौलीमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी आवासीय तालिम प्रदान गरिने भएको छ । होटल व्यवसायी महासंघ गण्डकी , नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना र होटल व्यवसायी संघ तनहुँको सहआयोजनामा भोलि आइतवार देखि दुई दिने तालिम हुन लागेको हो ।

शनिवार दमौलीमा पत्रकार सम्मेलन गर्दै मर्स्याङ्दी करिडोरका अन्तर्गतका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गरी तालिमको आयोजना गरिएको होटल व्यवसायी महासंघ गण्डकी अध्यक्ष अर्जुन चोखालले जानकारी दिए ।

व्यवसायी र कर्मचारीहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा तनहुँ, गोर्खा र चितवनको संगमस्थल मुग्लिनसम्म लम्बिएको मर्स्याङ्दी करिडोरका ६० जना पर्यटनकर्मी सहाभागी रहने महासंघ गण्डकीका महासचिव देवेन्द्र लम्सालले बताए ।

यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकेमात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने मुलुकको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिमको सहजिकरण नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठ लगायतले गर्ने प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराई बताए।

तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचार–प्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायिकरण लगायतका विषयमा जानकारी दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्