
दमौली २१ भदौ
तत्कालिन नेकपा एस तनहुँका अध्यक्ष एवं राजनीतिक शक्तिको आडमा भूमि आयोग तनहुँका बिज्ञ सदस्य बनेका श्रीराम कार्कीले उक्त पदबाट राजीनामा दिएका छन् । नेता कार्कीले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी आफुले उक्त पदबाट राजीनामा दिएको सार्वजनिक गरेका हुन्। कार्की हाल नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । नेकपा एसबाट एमाले पार्टीमा प्रवेश गरेका कार्कीलाई राजनीतिक शक्तिको आडमा लिएको सेवा सुविधाबाट राजीनामा दिन नेकपा एसले दबाब दिदै आएको बुझिएको छ ।
। आफु निष्ठाको राजनीतिक गर्ने व्यक्ति भएकाले आफुले प्रतिबद्धता गरेको कुरा पूरा गर्न राजीनामा दिएको सो अवसरमा बताएका थिए । आफुले पार्टी समक्ष राजीनामा दिने प्रतिबद्धता गरेको र राजीनामा दिने तयारी गरिरहेको अवस्थामा केही व्यक्तिले पत्रकार सम्मेलन गरी आफ्नो राजनीतिक चरित्र र व्यक्तिगत इमान्दारिता माथि अफवा फैलाउने गरी नेकपा एसको नाउँमा केही व्यक्तिले रिसावी साधेको प्रति आफ्नो गहिरो स्मरण भएको उनले सो अवसरमा बताए । नेकपा एसका केही व्यक्तिले आफ्नो मान प्रतिष्ठामा आँच आउने कार्य गरेकाले आफुले पनि पत्रकार सम्मेलन मार्फत नै राजीनामा दिएको सो अवसरमा बताए ।
जनचाहना