भिरकोट- अर्चल्दी सडक खण्ड आज देखि बन्द

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- श्रृङ्ग पथ अन्तर्गत तनहुँको ऋषिङ गाउँपालिका स्थित भिरकोट देउरालीवाट अर्चल्दी सम्मको सडकआज देखि सडक बन्द भएको छ।

यस सडकखण्डअन्तर्गत ऋषिङ गाउँपालिका–४भिरकोट देउरालीवाट अर्चल्दी सम्मको सडक कालोपत्रे गर्नका लागि शुक्रवार बेलुका देखि बन्द हुने भएको हो ।

सडकको कालोपत्रे गर्नका लागि पूर्णरूपमा आज देखि सवारीसाधन आवागमन रोकेर काम अघि बढाउने निर्णय भएको गाउँपालिकाका प्रशासकीय अधिकृत चिन बहादुर रानाभाटले जानकारी दिए ।

गाउँपालिकाले बैकल्पिक सडक प्रयोग गरी निर्माण कार्यलाई सघाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्