
दमौली : तनहुँको भानु नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ८५ करोड १६ लाख ७४ हजार रकम खर्च हुने अनुमान गरेको छ । भानु नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको १४ औं नगर सभामा उप प्रमुख उमा गोतामेले ८५ करोड १६ लाख ७४ हजार रकम खर्च हुने प्रक्षेपण गरेकी हुन् ।
कुल विनियोजन मध्ये चालुतर्फ रु.६४ करोड ११ लाख ९१ हजार (संघिय सशर्त अनुदान चालु तर्फ ३९ करोड ७७ लाख शिक्षक विद्यालय कर्मचारी, स्वास्थ्य तथा आयूर्वेद तर्फका कर्मचारिको तलब, पोषाक र महंगी भत्ता खर्च समेत गरी चालु तर्फ प्राप्त भएको हुँदा चालु खर्च धेरै देखिन गएको र आन्तरीक स्रोत तर्फ रु.४५ करोड ३९ लाखमा चालु खर्च र पुँजीगत खर्च र पुँजीगत तर्फ रु.२१ करोड ४ लाख ८३ हजार रहेको जानकारी दिएकि छन् ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. १३ करोड ६१ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँड रु. १३ करोड ७ लाख ९९ हजार २ सय ४३ ,सशर्त अनुदान चालु र पुँजीगत रु. ४१ करोड १२ लाख ३५ हजार, संघीय विशेष अनुदान ३ करोड, क्रमागत ठेक्का योजना रु.३ करोड, ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ८८ लाख ३८ हजार, प्रदेश राजस्व बाँडफाँड रु. १ करोड ३६ लाख ५१ हजार, प्रदेश विशेष अनुदान रु. ४० लाख, प्रदेश समपुरक अनुदान रु. ६० लाख, आन्तरिक राजस्वबाट प्राप्त हुने रु. ३ करोड २५ लाख अनुमान गरिएको छ ।
अनुमान गरिएको आम्दानीले अपुग हुन आउने न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्त सम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात रु. ३ करोड ८५ लाख ५० हजार अनुमान गरिएको छ ।