भानुमा करेन्ट लगाएर माछा मार्ने ३ जना पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- तनहुँको भानु नगरपालिका -९ स्थित मर्स्याङ्दी नदीमा करेन्ट लगाएर माछा मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार उनीहरूलाई खोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भानु नगरपालिका-९ पातलटोल बस्ने बर्ष ३३ को पदम बहादुर गुरुङ ,भानु -९ पातलटोल बस्ने बर्ष २९ बिजय गुरुङ र भानु -९ पातलटोल बस्ने बर्ष २५ को कपिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

जलचर संरक्षण ऐन २०१७ विपरीतको कार्य गरेकोले निजहरूलाई र बरामद गरिएका सामानहरू समेत आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय तनहुँमा पेस गरिएको तनहुँ प्रहरीले जनाएको छ। ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्